- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
म राजिव ज्ञवालि हु, म रुपन्देहीको सैनामैना नगरपालिकामा जन्म लिई सोही स्थानमा नै हुर्किएको हु। मलाई शान्त वातावरणमा रहन औधी मन पर्छ। म शान्त स्वभाव कायम गर्न र कम बोल्न रुचाउछु। म एकलपनलाई पनि सारथि बनाउछु, म कम मानिसहरुसङ्ग मात्र खुलेको हुन्छु। म साथी बनाउन रुचाउछु तर म निकै कम साथी भ्एको मान्छे हु। म अरुलाई राम्रो होस भन्ने चाहान्छु, सबैको भलो होस भन्ने सोच म मा सधै रहन्छ्। म अरुको सोचलाई सम्मान गर्छु तर आफुलाई गलत लागेका कुरा बिरुद्द्मा बोल्न म हरदम प्रयत्नशिल रहन्छु। कसैलाई पनि कुनै कुरामा अन्याय नहोस भन्ने मेरो चाहना हुन्छ्, सबैले आफुले सोचे अनुसारको जिवन पाउन भन्ने मेरो चाह हुन्छ । म हिंसा मन पराउदिन र हिंसा सहने बानी पनि विकसित गर्दिन ।
मलाई अनावश्यक होहल्ला तथा आवाज बाट असहज महशुस हुन्छ्, म त केबल शान्त अनि खुल्ला बाताबरणमा प्रकृतिसङ्ग रमाउदै आफ्ना कर्महरु परिपुर्ण गर्ने लक्ष्यमा रहन्छु । मलाई लेखन,भाषणकला तथा बिभिन्न फरक समुदायका सस्कृती बुझ्न तथा पृथक पृथक वातावरण र परिस्थितिमा बसोवास गर्ने व्याक्तिहरुसङ्ग जीवनबारे कुरा गर्न रुची लाग्छ्। उनिहरुको जिवनप्रतिको धारणा जान्न बुझ्न अनि केहि नयाँ बुझ्न र सिक्न रमाइलो महसुस हुन्छ ।
म सबैमा प्रेम अनि सद्भाव बाड्ने प्रयत्नमा हरदम रहन्छु, मानिस हरुलाई राम्रो गर्ने र उनिहरुबाट पनि सोहिको नै अपेक्षा गर्ने मेरो बानी रहेको छ । मलाई "आलु खाएर पेडाको धाक लगाउने" खाल का मान्छे हरु मनपर्दैन साथै होहल्ला अनावश्यक गन्थन तथा असामाजिक ब्याक्तित्व बोकेका तथा असान्द्र्भिक कार्यमा लागेका हरु प्रती सम्मानका कुनै हरफ पनि आउँदैन। म एक असल युवा बनेर देशको लागी केहि योगदान गर्न आफुलाई सक्षम बनाउन सक्ने अटोढ बोक्ने गर्दछु ।
हाल म एसिसिएको विद्यार्थी हु, साथै म ब्याचर्ल्स दोस्रो बर्षमा अध्ययरत रहेको छु।
- Get link
- X
- Other Apps
Comments
Post a Comment