- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर
बैंकको सेयर मूल्य लगातार
बढिरहेको छ । फागुन १० गते यसको
सेयर मूल्य ६ सय ५० रुपैयाँ
प्रतिकित्ता भन्दा माथी पुगेको छ । यस
आधारमा ५ हजार लगानी गरेर
५० किता सेयर किन्नेको अहिले
सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ
भने ६ हजार लगानी गरेर ६०
कित्ता किन्नेको लगानी ३६
हजार रुपैयाँ पुगेको छ ।
सेयर बजारका जानकार अब अझै
केही समय निफ्राको सेयर मूल्य
बढ्ने र त्यसपछि एउटा विन्दुमा
पुगेपछि केही समय स्थिर रहने वा
केही तलमाथि हुने बताउँछन् । प्रि
ओपन सेसनमा यसको पहिलो
कारोबार प्रतिकित्ता ३ सय ४०
रुपैयाँमा भएको थियो । नेप्सेले
इन्फ्रास्ट्रक्चरलाई पहिलो
कारोबारका लागि न्यूनतम १
सय १३ रुपैयाँ ६२ पैसादेखि
अधिकतम ३ सय ४० रुपैयाँ ४६
पैसासम्म रेन्ज तोकेको थियो ।
यसको बजार पुँजीकरण अहिले १
खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
यसको २० करोड कित्ता सेयर
दोस्रो बजारमा कारोबार
भइरहेको छ । बैंकको हालको
चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । चालू
आर्थिक बर्षको दोस्रो
त्रैमाससम्म बैकको जगेडा कोषमा
१ अर्ब ९४ करोड २५ लाख ८१ हजार
रुपैयाँ छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment