हिजो समाचार पढ्दैगर्दा एकजना 17 बर्षिय बालिकाले आफ्नो प्रेमिले धोका दिएको भन्दै आत्महत्या गरेको खबर देख्न पुगे ! सुरुमा त म ठ्म्याउन सकिन 17 बर्षमै प्रेमिले धोका दियो भनेर आत्महत्या गर्ने आट? म उनको उमेर हेर्छु भने नावालिक भन्छु तर जब उनको आट र शक्ति देख्छु तब उनी सत्र बर्ष मात्र भएको भान हुदैन।
उनलाई 17 बर्ष अगाडि उनकी आमाले यो संसारमा भित्र्याएकी रहिछन, मलाई लाग्दैन उनको आत्महत्या गर्नसक्ने आट भएको मस्तिष्कमा आमाको प्रसवकालको पीडा अटायो। बुबाले रातदिन संघर्ष गरेर पालन पोषण अनि आवश्यकता परिपुर्तिमा गरेका प्रयास उनको आटिलो स्वभावले पक्कै महसुस गरेन होला।
एउटा ब्याक्ती, नावालिक(उमेरमा मात्र किनभने आफुलाई मार्ने हिम्मत भएकिलाई म नावालिक मान्दिन), प्रेममा पर्छिन अझ भनौ डुब्छिन, को सङ्ग त? आफ्नै उमेरसमुहको ठिटोसङ्ग, उमेर मानौ 18/19, अनि 17 बर्षमै उसैसङ्ग जिन्दगी बिताउने सपना देख्न थाल्छिन। उनलाई आमाबुबाको अस्तित्व बिहान र साझ खाना खाने बेलामा मात्र बोध हुन्छ्, अरुबेला उनी मोबाइलमै हुन्छिन।
17 बर्षे नावालिकले 18 बर्षे केटालाई आफ्नो सर्वस्व मान्न थालिन, सुन्दापनी अचम्म लाग्ने।
जो आमाबुबाले उनको शिक्षा, दीक्षा देखि लिएर उनका आवस्यकताको परिपुर्तिमा अंकुस लगाएनन, आज उनै आमाबुबाको अस्तित्व उनको सामु सिमित देखिन्छ। आवस्यकता परिपुर्तिको लागि मात्र बुबाआमा, नत्र मेरो सर्वस्व मेरो ब्वाइफ्रेण्ड।
म आफै पनि एक किशोरावस्था पार गरेको वयस्क भएकाले त्यो अबस्थाबारे पक्कै अनबिज्ञ छैन। नया साथी बनाउन मन लाग्ने, नया ठाउमा अटाउन मन लाग्ने, मनमा चाहिने तथा नचाहिने धेरै कुरालाई प्रसय दिईने अवस्था हो किशोरावस्था ।
तर यसको मतलब कदमकदाचित आफ्नो परिवारले तिम्रो खुसिको लागि गरेका प्रयासहरु नकार्नु होईन। तिमिलाई जन्मदिदा धेरै आकाङ्क्षा र परिकल्पनाले अभिभावकको मानसपटलमा स्थान बनाएको थियो होला, र आज एलेको समयमा त्यही मानसपटलमा झाक लगाउ त !!
केहि महिना अगाडि, ल भनौ बर्षौ नै अगाडि भेटिएको एउटा केटा तिम्रो लागि यती प्रिय भैदियो? र पनि कुन उमेरमा - 17 बर्ष ?
प्रेम पवित्र मानिन्छ, इश्वरले समेत प्रेममा धेरै संघर्ष गरेका भन्ने हामिले शास्त्रमा पढेकौ हौ, तर प्रेमको प्राप्ती भएन भनेर आत्महत्या गर्न कत्तिको जायज। म त्यतिबेला यो आत्महत्या जायज मान्थे र भनौ मतलब नै गर्ने थिईन जब उक्त नावालिक संसारमा आफै उत्पन्न भएकि थिइन, उनी कसैको प्रसवपीडा बनिनन, कसैको क्षणिक खुसी बनिनन न त कसैको आशाको किरण बनिन, उनी कुनै हर्ष, उमंग, आशा र अभिलाषाको स्रोत नबनी संसार भित्रिईन, यस्तो अबस्था हुन्थ्यो भने म यो लेख लेख्थिन, यसबारे केहि सोच्थिन तर यहा नावालिक भनिएकी तर मैले नमानेकी कन्याको जन्म मैले जायज भनेका अबस्थाहरुको अपवादमा छ।
त्यस्ता मान्छे यो संसारमा नबाचेकै राम्रो। हो म ति नावलिकलाई नै दोष लाउछु र लगाउनेछु। त्यतिबेला दोष दिन्नथे जब उनी घरमा आमालाई सोधेर " आमा, म आत्महत्या गर्छु है" भन्थिन र आमाले हर्षका साथ स्विकार गर्थिन।
छोरिको आत्महत्याको बिचार सुनेपछि आमा क्या खुसी हुन्थिन होला है, "मर्ने भई..अब हाईसुख्ख"
आज सम्म पाल्या कैले ब्वाईफ्रेण्डको लागि मर्ली भनेर त होनि, छोरी पढेर ठूलो मान्छे बन्ली सोचेको, आफ्नो प्रेमिको लागि ज्यान सम्म दिईछे। आफ्नो ज्यान एउटा केटाको लागि सुम्पिनु जस्तो महानता के पो होला र,ठुलै काम गरि छोरिले । उसको शिक्षा दिक्षाको लागि के के गरिएन, यहि शिक्षा दिनको लागि त रैछ नि, आफ्नो आमाबुबा भन्दा बढी महत्त्व अरु को पो हुदो रहेछ, त्यो पनि को भने 18 बर्षे ठिटो जसलाई आमा बाले भोलि नास्ता खर्च नदिएमा कसरी भोक टार्ने सम्मको चेतना पनि छैन। उसैको लागि छोरिले ज्यान दिने निधो सम्म गरिछे। क्या बात छोरी...हाम्रो छाती आज गर्वले फुलेको छ अनि मन "अब तिमी हामिसङ्ग छैनौ" भन्ने सोचले क्या प्रफुल्लित छ...तिम्रो यस्तो महानताको लागि धन्यवाद ।
अभिभावक खुसी पनि किन नहुने छोरिको यस्तो ज्यान नै बाजि राख्नसक्ने साहस देखेर, "छोरी अलिकती काममा सघाउ न" भनेर भन्दा "ह्या, जतिबेला नि यो गर त्यो गर रे" भन्ने छोरी आज प्रेमिले नाता तोडौ भन्दा ज्यान दिन एकपल नसोच्ने भैसकिछिन। छोरी साच्चिकै ठूलि भएकि हुन।
छोरिको महानतालाई वयान गर्न जति शब्द कोर्छु त्यती अझ अभावको महसुस होला। हाम्रा आशा, अभिलाषा अनि खुसिका किरणहरुको स्रोतमा पुर्णविराम लगाईदिएकोमा धन्यवाद तिमिलाई भन्दै अभिभावक हर्षमा नै होलान है?
अब केही अभिभावकको पनि कुरा गरौ, आजकालको समयमा अभिभावकले आफ्ना छोराछोरीलाई समय नदिने, उनले के गरिरहेका छन भनेर गतिविधि तर्फ रुचि नराख्नाले पनि यस्तो अवस्था आएको हो। जतिसुकै ब्यस्तताका बावजुदपनि आफ्नो सन्तानको क्रियाकलापमा रेखदेख गर्ने, सन्तानसङ्ग उनिहरुका मनका कुराहरु खुलेर राख्ने र जिज्ञासा मेटाउने अवशर दिइयो भनेपनी यस्ता समस्या केहि कम हुनसक्छन।
के गलत के सहि भन्ने ज्ञान सन्तानलाई दिन नसक्दा यस्ता घटना हुने गरेको मेरो बिश्वास छ।
र मुख्यत: आजकालको समयमा सामाजिक सन्जालकै कारण किशोर किशोरीमा अनगिन्ती अपेक्षा बढेका छ्न, चाहे त्यो परिवारबाट होस, प्रेमीबाट होस वा कोहि बाट नै किन नहोस। सामाजिक सन्जालले नराम्ररी "ब्रेन वास" गरिदिएको अबस्था छ। Unrealistic कुरा हरु र बास्तविक जिवनमा हुनै नसक्ने कुराहरु सामाजिक संजालमा राखिन्छ। त्यसैलाई देखेर आफुले पनि त्यस्तो गर्ने इक्ष्या किशोरावस्थामा रहेकाहरु र युवा जमातमा देख्न सकिन्छ जसले उनिहरुलाई त्यो अवास्तविक कुरा प्राप्त नगर्दा सम्म खुसी बनाउदैन र उनिहरु त्यसको प्राप्तिको लागि ज्यान सम्म जोखिम गर्ने गरेको देखिन्छ।
आफ्ना छोराछोरिले फोन चलाउने समय सिमित बनाउन सकिन्छ र उनिहरुका क्रियाकलापलाई मोनिटर गर्न सकिन्छ। जसले अभिभावकलाई आफ्ना सन्तानका क्रियाकलाप बारे बढी जानकारी हुन्छ।
सामाजिक सन्जालकै कारण, उच्च अपेक्षा(High Expectation) कै कारण, जब अपेक्षाकृत प्रतिफल आउदैन। मान्छे मानसिक रोगको शिकार बन्छ, डिप्रेसनमा जान्छ वा अन्य कुनै मानसिक रोगबाट ग्रसित हुन्छ।
अभिभावकले आफ्नो सन्तानको क्रियाकलापबारे बुझिरहदा उसको मनोस्थिती र मनोविज्ञान बारे धेरै कुरा बुझ्न सकिन्छ। आवस्यक परेको खण्डमा मनोचिकित्सक सङ्ग भेट गर्न र गराउन अभिभावक हिच्किचाउनुहुदैन।
यसरी अभिभावकपनि आफ्नो उत्तरदायित्वलाई मनन गर्दै सन्तानप्रतीका व्यबहारमा सकारात्मक परिवर्तन ल्याउने प्रयासमा जुटेमा यस्ता समस्या कम हुने मेरो बिश्वास रहेको छ।
© सर्वाधिकार - राजिव ज्ञवाली (Resemblance to real incident will be coincidental)

Comments
Post a Comment