काठमाण्डौ मोडल सेकेण्डरि स्कुल, परिक्षा हुन्छ वा हुदैन विद्यार्थी अन्योलमा ।


 

एजेन्सी, केएमसि नामले प्रचलित काठमाण्डौ मोडल सेकेन्डरी स्कुलले दोस्रो आन्तरिक परिक्षाको तालिका विद्यार्थी समक्ष सार्वजनिक गरेको छ । सरकारले देशका विभिन्न सहरका विद्यालय बैशाख अन्तिम सम्म बन्द राख्न आह्वान गर्दापनी KMC जस्ता अन्य विद्यालयहरु आदेश बिपरित गई परिक्षा संचालन गरेको पाईन्छ। 


त्यसो त पुर्वनिर्धारित परिक्षा संचालन गर्न सरकारको रोक नभएपनी, यो परिक्षा आन्तरिक परिक्षा मात्र भएकाले विद्यार्थीहरु त्यति परिक्षामा सामिल हुन उत्सुक भने देखिदैनन।


KMC ले परिक्षा लिने संभावना ज्यादै अधिकतम छ तरपनि स्रोतका अनुसार विद्यार्थीको स्वस्थमा पर्नसक्ने असरलाई न्युन कसरि गर्ने भन्ने कुरामा छलफल जारी छ । छलफलपछि परिक्षा संचालन हुन्छ वा हुदैन भन्ने यकिन विवरण आउनेछ तर अहिलेको अवस्था सम्म परिक्षा स्थगित हुने संभावना ज्यादै न्युन छ त्यसैले हामी सबै विद्यार्थीलाई परिक्षाको लागि पुर्ण रुपमा तयार रहन आग्रह गर्दछौ।


शुभकामना ! 

Comments