- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
रातको करिब 11 बज्दै थियो राजिव सुत्ने तर्खर गर्दै थियो, उ शिरानिको छेउछाउमा मोबाइल खोज्न थाल्यो किनभने उस्लाई अर्को दिन बिहान ६ बजे कलेज पुग्नको लागि अर्लाम लगाउनु थियो । "भोलि फेरि छ नै बजे उठेर त्यही क्लास जानुपर्ने" भन्दै आफैमा गन्थन गाउदै थियो राजिव ।
उसलाई एक्कासि उसको ईमेल चेक गर्ने सोच आयो, कसैको मेलको प्रतीक्षामा थियो उ बिगत २ दिनदेखी, दुई चोटि रिफ्रेस गर्दापनी कुनै नया मेल भेटिएन तेस्रो चोटि उसको आँखा तिरमिरायो बल्ल बल्ल चौथो पटकमा भने २ ओटा नया मेल देखिए, एउटा मेल क्वरा बाट आएको रैछ त्यसैले उसले इग्नोर गर्यो अनि अर्को ईमेल Phoebe Adele gates बाट आएको रैछ, उसले मेल खोल्यो मेलमा फ्वईवीले राजिवलाई सानैदेखि मनपराउने र उसलाई विवाह गर्न चाहेको कुरा लेखिएको रहेछ, राजिवले एकछिन सोच्यो अनि आफैलाई भन्यो "म नेपाली हो, म बेला भएपछि नेपाली केटिलाई नै मौका दिन्छु, बिदेशको केटिको प्रस्ताव स्वीकार गरेर म देशद्रोही बन्दिन, चाहे त्यो केटि बिल गेट्स को छोरी नै किन नहोस।"
एक्कासि भाले बासेको आवाज उसको कानमा पर्यो र उ व्युझियो अनि कलेज गयो।
- Get link
- X
- Other Apps

Comments
Post a Comment