"NIFRA" को 60 कित्ते शेयरहोल्डर सङ्ग डेट जान तयार छु। - युवती


काठमाण्डौ, के तपाईं NIFRA को ६० कित्ते साहु हो ? यदि, हो भने तपाईंको लागि एउटा राम्रो अवशर छ। Twitter ह्यान्डक account मा "Yours_Quee33"  Username राखेकी युवतिले तपाईंलाई आफुसङ्ग डेट जान अफर गरेकि छन । उनले लेखेकी छन "हाल म मेरो हुनेवाला पतिदेवको खोजिमा छु, यदि कुनै NIFRA 60 कित्ता शेयरहोल्डर हुनुहुन्छ भने भनिहाल्नुस, म भोलि नै डेट जानेछु"। 


NIFRA को शेयरको बजारमुल्य दिनहु बढिरहेको बेलामा यस्ता थुप्रै अवशर हरु युवकहरुको लागि सिर्जना भएका छन । फेसबुक, इन्स्टाग्राम तथा अन्य सोसल साईटमा पनि यस्ता पोस्टहरु थुप्रै भेटिन्छन। वास्तवमै NIFRA शेयरहोल्डर नै चाहिएको हो वा रमाइलोको नजरबाट पोस्ट गरेको हो बुझ्न तपाईंले एकचोटि यस्ता अवशर प्रदान गर्नेसङ्ग स्वयम् कुरा गर्नुपर्ने हुन्छ, NIFRA शेयर होल्डरलाई Future को करोडपती भनिराखिएको बेला करोडपति श्रीमान पाउने चाहाना कस्को पो नहोला र ? 


 

Comments