यी दिग्गज क्रीकेटर भन्छन "राशिद खानभन्दा सन्दीप लामिछाने उत्कृष्ट छन"।

 


सन्दिप लामिछाने अर्थात बिश्वको लगभग सबै फ्रेन्चाईज लिग खेलिसकेका नेपाली खेलाडी, सन २०१८ बाट सुरु भएको फ्रेन्चाईजी यात्रामा आजपनि सन्दिपको माग उत्तिनै पाईन्छ र उनलाई क्रीकेट खेल्न भ्याई नभ्याई पनि छ त्यसैले कुनैकुनै फ्रेन्चाईज लिगमा माग हुदापनी समय अभावको कारणले पुग्न सक्दैनन ।

हाल सन्दिप PSL 2021 खेल्नको लागि पाकिस्तान पुगेका छन, राशिद खानको बिकल्पको रुपमा उनलाई भित्र्याएको लाहोर कलन्दर्सका कोचले सन्दिपको तारिफ गर्दै यस्तो भने " सन्दिप बिश्वकै उत्कृष्ट मध्यका बलर हुन, उनि अझै यस्तै मिहिनेत गर्दै तथा सिक्दै अगाडि बढ्ने हो भने म उनलाई राशिद खानभन्दा उत्कृष्ट खेलाडी भन्न हिच्किचाउने छैन र एकदिन उनी राशिदको ठाँउमा पुग्नेमा म बिश्वस्त छु"


यसरी कोचले सन्दिपलाई राशिद खान सङ्ग दाज्नुलाई सन्दिपको एउटा अर्को विशेष उपलब्धिको रुपमा लिन सकिन्छ । सन्दिप ३ दिन को क्वारेन्टाइन पछि PSL को मैदान फर्किनेछन।

Comments